प्रधानमन्त्री ओलीलाई झट्का, विपक्षी गठबन्धनलाई धोका नदिने माधव नेपालको घोषणा

शनिबार, १२ असार २०७८

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् ।

विपक्षी गठबन्धनको कार्यक्रममा उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् ।’ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा माधवकुमार नेपाललाई बनाउनुपर्ने ओली समूहका नेताहरुले बताएका थिए

त्यसतर्फ संकेत गरेका नेता नेपालले त्यसलाई अस्वीकार गरेका छन् । उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छैन, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’