एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ — सत्तारूढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको हो ।
बिहान ९ बजे प्रधानमन्त्री निवासमा बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, सरकारका विभिन्न निर्णयबारे अदालतका पछिल्ला फैसला, पार्टीभित्रको विवाद र एकताका लागि भइरहेको पहलका विषयमा छलफल हुने उनले जानकारी दिए ।