भारतमा ४९ हजार बढी संक्रमित फेला, १२५५ जनाको मृत्यु
काठमाडौं– भारतमा शनिबार ४९ हजार ७०१ कोरोना संक्रमित फेला परेका छन् भने ५७ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् । थप १ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो १५ दिनमा भारतमा ५ लाख ३७ हजार ४१८ जना सक्रिय संक्रमित कम भएका छन् । १० जुनमा ११ लाख १८ हजार ८१८ सक्रिय संक्रमित रहेकोमा हाल यो संख्या घटेर ५ लाख ८१ हजार ३३७ पुगेको छ ।
भारतमा हालसम्म ३.२ करोड संक्रमित भइसकेका छन् भने २.९२ करोड निको पनि भएका छन् । हालसम्म कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३.९५ लाख पुगेको छ ।