संसद विघटन मुद्दा: रिट निवेदकको वहस सकियो

आइतबार, १३ असार २०७८

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद विघटनसँग सम्बन्धित मुद्दामा निवेदकको तर्फबाट वहस सकिएको छ ।

संवैधानिक इजलासमा आइतबारको वहस सकिएसँगै निवेदक तर्फको वहस सकिएको हो । अब इजलासमा विपक्षी अर्थात सरकार पक्षको तर्फबाट वहस हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई संलग्न संवैधानिक इजलासमा संसद विघटनसँग सम्बन्धित ३० वटै रिटमाथि सुनुवाइ भइरहेको छ ।