निषेधाज्ञाबारे थप निर्णय आज हुने, उपत्यकाका सीडीओहरूको बैठक बस्दै
काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञाको सम्बन्धमा आज थप निर्णय हुँदैछ ।
उपत्यकाको निषेधाज्ञाको बारेमा निर्णय गर्नका लागि आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय आज रातिदेखि सकिदैछ । भोलिदेखि निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीहरुको बैठक पछि नयाँ आदेश सार्वजनिक हुनेछ । जनजीवनलाई अझ सहज बनाउन तथा सार्वजनिक यातायात खुलाउनको निम्ति माग हुँदै आएको छ ।
स्रोतको अनुसार निषेधाज्ञालाई कायम राख्दै केही खुकुलो बनाउने तयारी गरिएको छ ।