पाटन क्याम्पसमा आगजनी
काठमाडौं – विभिन्न माग राख्दै तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गरेका छन्ु । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्दै तोडफोड गरेका हुन ।
क्याम्पस प्रशासनले बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेपछि विद्यार्थी संगठनले विरोध जनाएको हो । क्याम्पसमा ९६ जनाको बीएससी सीएसआईटी कोटामा यसअघि नै ८० जनाको नाम दुई चरणमा गरी प्रकाशित भइसकेकामा क्याम्पस प्रशासनले आइतबार अनलाइन प्रविधिबाट तेस्रो चरणमा १६ जनाको नाम प्रकाशित गरेको थियो ।
विद्यार्थी संगठनले आफूहरुसँग सल्लाह नै नगरी नतिजा प्रकाशन गरेको भन्दै क्याम्पसमा आगजनी र तोडफोड गरेको एक विद्यार्थी नेताले बताए । विद्यार्थी संगठनहरुले सोमबार विभिन्न मागसहितको संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् । त्यसमा क्याम्पसको शैक्षिक र भौतिक सुधारको माग राखिएको छ ।
विद्यार्थीहरुले कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएकाले २०७६ सालको स्नातक तहको सबै संकायको शुल्क मिनाहा गर्नुपर्ने, २०७६ सालको छात्रवृत्ति वितरण गर्नुपर्ने, परीक्षा फारम भर्न छुटेका विद्यार्थीको फारम भर्न दिनुपर्ने, अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने लगायतका माग गरेखेका छन् ।
कक्षामा ४० जनाको दरले सेक्सन विभाजन गर्नुपर्ने, क्याम्पस परिसरमा उत्कृष्ट वाईफाई सुविधा दिनुपर्ने लगायतका माग पनि राखेका छन् ।