आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन, दही–चिउरा खानुका यस्ता छन् फाइदा

मंगलबार, १५ असार २०७८

काठमाडौं– आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन ।

पछिल्लो समय कृषकको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि मन्त्रालयले यस दिनलाई ‘राष्ट्रिय धान’ दिवसका रुपमा मनाउन गरेको छ ।

‘कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। यसलाइ रोपाई दिवस समेत भनिन्छ।

राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ ।

आजबाट रोपाइ शुरु गरि दही चिउरा खाजाको रुपमा खाने चलन रहेको छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्दछन् ।

दही चिउरा खाँदा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पु¥याउछ ।दही चिउरामा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।

यस्ता छन् दही चिउरा खानुका फाइदाहरु

चिउरा खाँदाको फाइदाहरू

– चिउरा जुनसुकै बेलामा पनि खान सकिन्छ ।

– चिउरामा कार्बोहाइड्रेड भएकाले यसले शक्ति प्रदान गर्दछ ।

– चिउरामा आइरनको मात्रा बढी हुन्छ ।

दही खानुका फाइदा

– दही सेवन गर्दा रोगसँग लड्ने क्षमता बढाउँछ ।

– दहीमा बनाउने ल्याक्टोब्यासिलस ब्याक्टोरिया प्राचन प्रक्रियामा सहयोग गर्दछ ।

– दहीको सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ ।

– दहीको नियमित सेवनले हड्डी कमजोर हुने समस्यालाई कम गर्छ ।

– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ ।

–दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।