सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ – आज सुन मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले घटेर ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।