काठमाडौँमा बाढिको वितण्डा, ठाउँ–ठाउँमा डुवान

बिहिबार, १७ असार २०७८

काठमाडौँ – रातभरको बर्षमा काठमाडौँमा वितण्डा मच्चाएको छ । मनसुनी वायुको सक्रिय प्रभावले भारी वर्षा भएपछि नदिहरुमा पानीका बहाव बढेर वितण्डा मच्चाएको छ ।

बागमती प्रदेशअन्तर्गत काठमाडौ उपत्यकामा मध्यरातिदेखि नै ठूलो वर्षा भइरहेको छ । मनसुनी वायुका कारण वर्षा अझै केही दिन जारी रहने भएकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

उपत्यका सहित विभिन्न स्थान डुवानमा पर्ने भन्दै सचेतनाका लागि आकस्मिक सूचना जारी गरिएको छ । उपत्यकाको बागमति नदि किनारका कलङ्की, नयाँ बोश्वर, बल्खु लगायतका क्षेत्रमा डुवान परेको छ । त्यस्तै भक्तपुरको मनहरा खोला आसपास पनि ढुवानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीले झन धेरै क्षति पुर्याएको बुझिएको छ ।

त्यस्तै, पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेकाले सिन्धुलीका तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ । बाढी पुर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले जोखिम बढेको जनाएको हो ।

कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा रातीसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यी क्षेत्रहरुमा चेतावनी जारी गर्नुपर्ने गरी भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ ।