यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट

बिहिबार, १७ असार २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ७६० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार १४५ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा चार हजार १४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ ।