माओवादीलाई लाग्यो ठूलो झट्का, आगामी चुनावमा हुने भयो एमालेलाई मालामाल
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी निर्वाचन मालामाल हुने भएको छ । नेकपा माओवादी केन्द्रका नेताहरुको अवरोध पश्चात पनि नागरिकता अध्यादेश सदनमा टेबुल भएपछि एमालेलाई मालामाल हुने भएको छ ।
अध्यादेश टेबुल गर्ने बेला माओवादी सांसद विडारीको आपत्ति जनाएका थिए । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नागरिकता अध्यादेश सदनमा पेश गर्न लागिएको भन्दै नेकपा माओवादी केन्द्रका नेता विडारीले सदनमा आपत्ति जनाएको थियो ।
बिहीवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले गृहमन्त्री विष्णु पौडेलको तर्फबाट भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।
त्यसलगत्तै माओवादी सांसद रामनारायण विडारीले नियमापत्ति गर्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सदनमा अध्यादेश पेश गर्न नपाइने जिकिर गरे ।
जवाफमा अध्यक्ष तिमल्सिनाले सदन शुरू भएको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने संवैधानिक दायित्व रहेको बताए । ‘नागरिकता अध्यादेशको बारेमा नियमापत्ति लागेन,’ तिमल्सिनाले भने । उनले अध्यादेश टेबल भएपछि यसमाथि छलफल नहुने स्पष्ट गरे ।
त्यसपछि मन्त्री नेम्वाङले अध्यादेश पेश गरे । संविधानमा भएको व्यवस्था कार्यान्वयन र कुनै पनि व्यक्ति नागरिकता विहीनताको अवस्था नहोस् भनेर अध्यादेश ल्याउनुपरेको बताए ।
उनले सर्वोच्च अदालतले जेठ २७ गतेको अन्तरिम आदेश जारी गरेको विषय सरकारको जानकारीमा रहेको बताए । बैठकका अन्य अध्यादेश पनि पेश भएका छन् ।
यो अध्यादेश संसदबाट पास भएपछि तराईका ५ लाख नागरिकता विहिन नागरिकले नागरिकता पाउने छन् । उनीहरुले नागरिकता प्राप्त गर्नेविक्तिकै उनीहरु स्वतः मतदाता हुनेछ । आफू मतदाता र नेपालको नागरिक बनाउने भुमिका खेलने एमालेलाई आगामी निर्वाचनमा मतदान गर्ने विश्लेषण भइरहेको छ ।
यसले एमालेको केही नभएपछि ४ देखि ५ लाख भोट बढ्ने बुझिएको छ ।