आँप खाँदै हुनुहुन्छ ? पख्नुहोस्, ज्यानै जानसक्छ…

शुक्रबार, १८ असार २०७८

काठमाडौँ – नेपाली बजारमा विशाक्त मिसिएका आपँहरु छ्यापछ्याप्ती पाइएको छ । संघिय राजधानी काठमाडौँदेखि तराईका विभिन्न सहरहरुमा विशात्त आँपहरु पाइएको हो ।

आँप पाक्ने सिजन आउन एक महिना अघि नै काँचो आँपमा औषधि हालेर पकाइ बजारमा पठाएको पाइएको छ । पँहेलो देखिएको आँप अहिले नेपाली बजारमा छ्यापछ्याप्ती रहेको जानकारहरु बताउँछन् । भारतबाट आँप आउन थालेपछि नेपाली किसानहरुले पनि काँचो आँप टिपेर विशाक्त बनाई बजारमा पठाएको वीरगन्जका किसान अब्देश झाको भनाई छ ।

‘भारतबाट सिजन अगाबै आँपहरु आउन थाल्यो । हाम्रो बगैचाँको आँप खेर जान्छकी भनेर हामीले पनि काँचै टिपेर पकाउन पठाएका छौँ ।, विरगन्जका किसान झाले भने ‘बजारमा आँप पकाउने औषधि पाइन्छ, उक्त औषधिले छिटो पकाउँदो रहेछ ।’

यसरी जबरजस्त पकाएको आँपले स्वास्थ्यमा प्रतिकुल असर पार्ने यस क्षेत्रका विज्ञहरुको भनाई छ । ‘आँपको सिजन असारको अन्तिम हप्तादेखि सुरु हुन्छ । तर बैशाखदेखि विशाक्त आँप बजारमा आएको हल्ला चलेको थियो ।’ विरगन्जका किसान झाले भने, ‘विशाक्त आँप खाँदा ज्यानै जाने खतरा रहेको डाक्टरहरुले बताएका थिए । उनीहरुको कुरा सुनेपछि मैले काँचो आँप टिक्न छोडिदिए ।’

उनका अनुसार आँपमा भएको विशाक्तले मानिसको ज्याननै लिनसक्ने खतार रहेको छ । शरीरमा अनावश्यक विशाक्तको प्रवेशले सुरुमा कमजोर बनाउने, पखाला लाग्ने, चक्कर आउने लगायतका लक्षण देखिने गरेको बताइएको छ ।

औषधि मिसिएको र औषधि नमिसिएको आँप छुट्याउन गाह्रो हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भनाई छ । खाँदा सबैखाले आँप गुलियो हुने भएकाले प्रयोगशालामा परिक्षण गरेर मात्र विशाक्त मिसिएको वा नमिसिएको जानकारी प्राप्त हुने खाध्य तथा गुण नियन्त्रण महाशाखाले जनाएको छ ।