सँगिया खोलाले डुवायो विराटनगर बजार

शनिबार, १९ असार २०७८

काठमाडौँ – सँगियाखोला विराटनगर बजारमा पसेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० मा रहेको हाटखोला बजार डुवाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सिँगिया खोला हाटखोला बजार प्रबेश गरेर करोडौँको क्षेति पुर्याएको छ । सिंगिया खोला पस्दा बजारका दुई दर्जन भन्दा बढी घरहरु डुबानमा परेका छन् ।

निरन्तरको वर्षाको कारण खोलाको सतह पार गरेर बजार पसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुनसरीको इटहरीमा ट्याङ्ग्रा खोला थुनिएको छ। साथी पेट्रोलपम्प अगाडि खोला थुनिएपछि खोला बजार पसेको प्रहरीले जनाएको छ।

तइस्तै, लगातारको वर्षका कारण भेडेटार राँके सडकखण्डमा पहिरो झरेको छ । ठाँउ–ठाँउमा झरेको पहिरोका कारण भेडेटार रवि सडक अवरुद्ध भएको हो। यस्तै सुनसरीको प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्र जाने बाटो पहिरोले अवरुद्ध बनाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश १ मा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण सुनसरी मोरङ र झापाका दक्षिणवर्ती क्षेत्र जलमग्न भएका छन् । नदीहरुमा पानीको सतह बढेको छ । बजार क्षेत्रमा ढल निकासको राम्रो प्रबन्ध नहुँदा बजार डुबानमा परेको छ ।

यता सप्तकोशी नदीमा पानीको सतहले खतराको सूची पार गरेको छ । लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाब बढ्दो क्रममा छ । सप्तकोशीमा पानीको बहाव २ लाख २१ हजार ४७५ मापन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

अहिलेसम्म कोशी ब्यारेजका २८ वटा ढोका खोलिएको छ। पानीको बहाव बढेसँगै सप्तकोशी नदी र यसका सहायक नदी आसपास बसोबास गर्ने नागरिकलाई सचेत गराइएको छ ।