तीन हजार ६६ जनाले जिते कोरोना, कतिमा देखियो संक्रमण ?

शनिबार, १९ असार २०७८

काठमाडौँ – पछिल्लो २४ घण्टामा तीन हजार बढी कोरोना भाइरस (कोभिड १९) संक्रमितले कोरोना जितेका छन् । देशभरको विवतरण अनुसार तीन हजार ६६ जना कोरोना संक्रमित कोरोना म्ुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षणबाट १ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षणबाट ८ सय ०१ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कोरोना संक्रमणबाट १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१९८ जना पुगेको छ । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ।