ईश्वर पोखरेलको प्रस्तावले भाँडियो एमाले एकता, माधव नेपाल पक्षका देशभरका कार्यकर्तालाई झट्का
काठमाडौँ — नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रस्तावले पार्टी एकता भाँडिएको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव राखेपछि पार्टी एकता भाँडिएको हो ।
शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै महासचिव पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव गरेका हुन् । यो प्रस्तावले माधव कुमार नेपाल पक्षका नेता तथा कार्यकर्तालाई झट्का दिएको छ ।
महाधिवेशन प्रयोजनका लागि असार २५ गतेभित्र प्रस्ताव मातहतका कमिटीमा पठाउने र साउन १५ भित्र केन्द्रमा सुझाव पठाउने विषय पनि उनले प्रस्ताव गरेका छन् । पार्टी एकता नहँदै सदस्यता नविकरण प्रस्ताव पेश गर्नु भनेको एकताका लागि झन समस्या सृजना गरेको नेपाल खेमाका एक नेताले बताए ।
आफ्नो पक्षका नेता कार्यकर्तालाई आफूतिर तान्नका लागि यो प्रस्ताप आएको भन्दै नेपाल पक्षका नेताहरुले आक्रोष पोखेका छन् । ‘ओलीका जालझेलपूर्व षढ्यन्त्रको भुमरीमा महासचिव कमरेड पर्नुभयो,’ एक नेताले मोटिभेट न्यूज डटकमसँग भने,‘यो षड्यन्त्रको गन्ध मिसिएको प्रस्तावको कार्यान्वयन कसैले गर्ने छैन् ।’
पहिला पार्टी सदस्यता नविकरण गर्न प्रस्ताव गर्ने र नविकरण नभएका पार्टी सदस्यहरु खारेज गरेर एकलौटी गुटभित्र राज गर्न खोजेको माधप पक्षले संका गरेको छ । बैठकमा पनि माधवकुमार नेपाल पक्ष र झलनाथ खनाल पक्ष भने अनुपस्थित छ । आजमात्र बसेको ६ जना स्थायी कमिटी सदस्यहरुको बैठकले लगभग सहमति गरेको थियो ।
सहमति भएको केही घण्टा नहुँदै ओली पक्षको केन्द्रीय समिति बैठकमा यस्तो प्रस्ताव आएपछि सहमति भाँडिएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेपालबीच शनिबार लामो टेलिफोन कुराकानी भएको छ । शीर्ष तहका नेताहरुसँगको कुराकानी पछि ६ जना नेताहरुको बैठक होटल समिटमा सबेको थियो ।
उनीहरुको बैठकले लगभग सहमति गरेको थियो । दुबै समूहका ६ जना नेताहरुको ललितपुरको समिट होटलमा सहमति गरेर प्रधानमन्त्री ओलीलाई भेट्न वालु्वाटार गएका थिए । बालुवाटारमा ओलीले सहमतिको ड्राप्टमा हस्ताक्षर गरेर अन्तिम रुप दिने बुझिएको थियो ।
सहमति जुटाउन दोस्रो तहका नेताहरुलाई ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल र माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यले होटल समिटमा सहमति गरेका थिए । अव उक्त सहमति लगभग तोडिएको छ ।