फेरी थपिदै निषेधाज्ञा

आइतबार, २० असार २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन आज दिउँसो उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

अहिले जारी निषेधाज्ञा एक हप्तालाई थप्ने तयारी गरिएका बताइएको छ । केही हप्ता यता निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । आजदेखि थप क्षेत्रमा खुकुलो बनाउनका लागि निर्णय हुनसक्ने स्रोतले बताएको छ ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । पसलहरुपनि खोल्न दिइएको छ ।

आजको बैठकले सबैखालका सार्वजनिक यातायात संचालन गर्न दिइने निर्णय गर्न सक्ने बुझिएको छ । कोरोना भाइरसको चेत ब्रेक गर्न काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको थियो ।