खाली पेटमा लसुन खाँदा गजवको काइदा, हेर्नुहोस् १० फाइदा
काठमाडौं– विहान–विहान लसुन खाने वानीले गजवको फाइदा गर्ने एक अध्ययनले देखाएको छ । लसुनमा फाइबर र पोटासियम जस्ता तत्वहरु हुन्छन् । यसकारण एक केस्रा लसुन विहान खाली पेटमा खानाले पाचन प्रणालीमा देखिएको समस्या हराएर जान्छ ।
हाम्रो भान्सामा दैनिक प्रयोग हुने लसुन तरकारीको स्वादर वास्ना बढाउनका लागि मात्र उपयोगी छैन् यसमा औषधिय गुण पनि हुन्छ । हरेक दिन एक केस्रा लसुन मात्र सेवन गरियो भने, त्यो अमृतसमान काम गर्छ । त्यसको लागि एउटै सर्त हुन्छ, त्यो हो बिहान खाली पेटमा सेवन गर्नुपर्छ ।
१) लसुनले मुटुको समस्या स्लसुनमा रहेको एजोइन नामक तत्वले रगत बग्नबाट रोक्छ र मुटुको समस्या हटाउन पनि सहयोगी हुन्छ । २) मधुमेहः लसुनले ब्लड सुगरलाई नियन्त्रण गर्छ । यस कारण मधुमेहका विरामीका लागि पनि यो फाइदाजनक हुन्छ ।
३) हाइपर थाइराइडः लसुनले हाइपर थाइराइड कम गर्छ । ४) रक्तचापः लसुनमा इलिसीन रहेको हुन्छ । जसले ब्लडप्रेसरलाई नर्मल राख्न सहयोग गर्छ । यो शरीरमा रहेको चिल्लोलाई कम गर्न पनि इफेक्टिभ हुन्छ ।
५) क्यान्सरः यसमा एलियम सल्फाइड हुन्छ, जो क्यान्सरलाई हटाउनका लागि सहयोगी हुन्छ । ६) अल्जाइमर्सः यसमा रहेको एण्टीअक्सिडेण्टस्ले अल्जाइमर्स र डिमेन्सियाजस्ता विरामीको उपचारमा प्रभावकारी हुन्छ ।
७) बाझोपनः यसमा सेलेनियम हुन्छ । जो बाँझोपनका हटाउनका लागि फाइदाजनक हुन्छ । ८) संक्रमण लसुनमा एण्टीब्याक्टोरियल र एण्टी इन्फलेमेटरीको गुण रहेको हुन्छ । जसले शरीरमा हुने इन्फेक्सनबाट बचाउँछ ।
९) रोग प्रतिरोधात्मक क्षमता वृद्धि लसुनमा भिटामिन बी६ हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । १०) यौन क्षमतामा वृद्धिः लसुनमा रहेको एलिसिन नामक तत्वले यौनांगमा रक्तसञ्चार तीब्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।