फेसबुकले धमाधम हटाउन थाल्यो यस्ता पोष्ट

आइतबार, २० असार २०७८

काठमाडौं– फेसबुकले पछिल्लो एक महिनामा १८ लाख पोष्ट हटाएको छ।

भारतले नयाँ प्रविधि नियम ल्याएपछि मे १५ देखि जुन १५ सम्ममा उक्त पोष्ट हटाएको हो। यसमा ३ लाख ११ हजार कन्टेन्ट र १८ लाखवटा सेक्सुअल र न्यूडिटी पोष्ट हटाएको बताइएको छ।

यो सूचीमा घृणाका ७५ हजार पोष्ट, आतंकवादसँग संलग्न १० लाख ६० हजार पोस्ट पनि सामेल छन्।