आमिर दम्पत्तीले डिभोर्स गरेको १ दिन पछाडि सँगै आएर यस्तो उद्घोष गरेपछि फ्यानहरु चकित

सोमबार, २१ असार २०७८

एजेन्सी – आमिर खान र किरण रावले १५ वर्षको बैवाहिक सम्बन्ध सकिएको घोषणा गरे। त्यसको अर्को दिन यी दुईले आफूहरु धेरै नै खुशी भएको बताए। आमिर खान र किरण ‘पानी फाउनडेशन’ को एक साप्ताहिक कार्यक्रममा सहभागी भएका थिए।

आमिरले भने, तपाईँहरुले हाम्रो घोषणा सुन्नु भयो होला। सायद दुःखी पनि हुनुभयो १ राम्रो लागेन होला। तर हामी दुई धेरै खुशी छौँ। एउटै परिवार हौँ। हाम्रो सम्बन्धमा मात्र परिवर्तन भएको हो तर हामी एकसाथ नै छौँ। हाम्रो लागि हजुरहरु प्रार्थना गर्नुहोस् कि हामी खुशी रहिरहन सकौँ।’

किरण रावले भनिन्, ‘हामी तपाईलाई आश्वासन दिन चाहन्छौँ कि हामी साथमा नै काम गर्ने छौँ।’

‘पानी फाउनडेशन’ कोरोना लकडाउनको समयदेखि साप्ताहिक चर्चाको कार्यक्रम आयोजना गरिरहको छ जसमा किरण राव र आमिर खान पनि सहभागी हुन्छन्।

आमिरले किरण रावसँग दोस्रो विवाह गरेका हुन्। आमिरको पहिलो विवा रिना दत्तासँग भएको थियो। आमिरले विवाह गरेको झण्डै १६ वर्षपछि सन् २००२ मा रिनासँग सम्बन्ध बिच्छेद गरेका हुन्। यी दुईको दुई सन्तान जुनेद खान र इरा खान छन्।

त्यसपछि आमिरले किरणसँग सन् २००५ मा विवाह गरेका थिए। यी दुईको एक सन्तान आजाद राव खान रहेका छन्।