राष्ट्रियसभामा बोल्दै सांसदले देखाए प्रधानमन्त्रीका विरुद्ध कालो झण्डा

सोमबार, २१ असार २०७८

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभामा कालो झण्डा देखाएको छ । कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग यमाझीले सोमबार राष्ट्रियसभामा कालो झण्डा देखाएका हुने ।

कालो सर्ट, कालै कोट र कालो क्याप लगाएर संसद गएका उनले सांकेतिक रुपमा कालो झण्डा देखाएका हुन् । उनले आफ्नो शिरमा भएको कालो क्याप हातमा लिए र कालो झण्डा झैं हल्लाएर विरोध गरेका हुन् ।

अरु बेला प्रायः ढाका टोपी लगाउने उनी आज कालो ड्रेसमा आएपछि उनले कालो झण्डा देखाएको प्रस्ट भएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर पटक पटक संसद विघटन गरेको विरोधमा यो गेटअफमा आएको प्रयट पारेका छन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा विघटन गरेपछि लाखौं मानिस कालो झण्डा बोकेर सडकमा आउनुपर्ने भएपनि कोरोनाका कारण सम्भव नभएको बताए । सांसद रायमाझीले भने, ‘सदनमा कालो झण्डा देखाउने अवस्था नभएका कारण विरोधको स्वरुप हो यो ।’