एमाले नेता प्रभु साहलाई झट्का, मन्त्रीपद खुस्किएसँगै जेल जाने पक्का

सोमबार, २१ असार २०७८

काठमाडौँ – नेकपा एमालेका नेता प्रभु साहलाई झट्का लागेको छ । २० लाख रुपैयाँ ठगी गरेको आरोपसहित प्रहरीमा उजुरी परेपछि उनलाई झट्का लागेको हो । साहले उनले एक महिलालाई क्यानडा पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

केही समयअघि एमाले प्रवेश गरेका पूर्वमन्त्री साहले विदेश पठाइदिने भन्दै लिएर विदेश पनि नपठाएर र पैसा पनि नतिरेको भन्दै पीडित महिला प्रहरी कार्यालय पुगेकी हुन् । उनी विरुद्ध काठमाडौं बाँसबारीकी दीपा कुँवर महानगरीय प्रहरी वृत्त बानेश्वरमा निवेदन लिएर पुगेकी हुन्।

उनले नेता साहले २० लाख रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख गरेकी छिन्। ३० लाख रुपैयाँ लिएकोमा १० लाख फिर्ता लिएको बताएकी छिन् । तर अरू पैसा नतिरेपछि कुँवर साहको बानेश्वरस्थित घर नै पुगेकी थिइन्। घरमा पुग्दा पनि पैसा तिर्न अटेरी गरेपछि साह मन्त्री भएको समयमा पीडित कुँवर सहरी विकास मन्त्रालयमा गएकी थिइन् ।

त्यहाँ पनि मन्त्रीकै अगाडि आत्महत्या गर्ने भम्की दिएपछि मन्त्रीले फकाई फूल्याई पठाएका थिए । सामान्य तरिकाले पैसा माग्दा नदिएपछि उनी अधिकार कर्किसहित प्रहरीमा पुगेकी हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालका अनुसार साहको घरमा आइतबार बिहान कुँवर केही महिला अधिकारकर्मीहरू लिएरै पुगेकी थिइन्।

‘घरमा घेरा हालेपछि प्रहरीले घटना के हो अनुसन्धान थालेको छ,’ पालले भने। प्रहरीकहाँ ती महिलाले अहिले ठाडो निवेदन दिएकी छिन्। निवेदन अनुसन्धानकै क्रममा रहेकाले यसलाई दर्ता भने प्रहरीले गरिनसकेको वृत्त स्रोतले बतायो।

‘निवेदनको सत्यता के–कति हो, आउनेबित्तिकै हामी दर्ता गर्दैछौं, निवेदनमा उल्लेख भएका केही कुरा पुष्टि गर्न बाँकी छ,’ वृत्त स्रोतले भन्यो। कुँवरले क्यानडा पठाइदिने भनेर साहले आफूसँग पैसा लिएको आरोप लगाएकी छिन्। चेक बाउन्सबाहेक लेनदेन मुद्दा प्रहरीले हेर्दैन। तर, ठगी आकर्षित हुने परिस्थितिमा भने प्रहरीले उजुरी अनुसन्धान गर्छ।

नेता साहले भने ती महिलालाई आफूले नचिनेको बताए। आफूलाई फसाउन योजनावद्ध ढंगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो योजना बनाएको साहले दाबी गरे। ‘उहाँ मेरोविरूद्धमा लाग्नुभएको छ, मैले चिन्दै नचिनेको मान्छेलाई उभ्याएर मलाई ह्यारेसमेन्ट गर्ने प्रचण्डजीको गुरूयोजनाअन्तर्गत यो भएको हो,’ साहले भने।

उनले झुट बोलेर राजनीति ठगी रहेको पीडित महिलाको भनाई छ । आफूले साथिसँग ऋण लिएर पैसा दिएको भन्दै आफूलाई पैसा नदिए आत्महत्या गर्नुको विकल्प नभएको बताएकी छिन् । निवेदन दर्ता भएपछि साहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न सक्ने छ ।