एमाले कार्यदल बैठक सुरु, के–के छन् एजेन्डा ?

मंगलबार, २२ असार २०७८

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा रहेको विवाद समाधानका लागि गठित कार्यदलको दोस्रो चरणको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा विगतमा कार्यदल तहमा गरिएका छलफल र सहमतिहरुलाई दस्तावेजिकरण गर्ने र सुल्झिन बाँकी रहेका बिषयमा छलफल गर्ने कार्यसूची रहेको छ । कार्यदलमा यसअघि नै प्रस्ताव गरिएको अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त बक्तब्य जारी गर्ने बिषयमा समेत छलफल भइरहेको छ ।

पार्टी एक भएको सन्देश दिन अध्यक्ष ओली सहमत भएपनि बरिष्ठ नेता नेपाल शेरबहादुर देउवालाई बुझाइएको हस्ताक्षरका कारण बक्तब्यप्रति रुची नदेखाउनु भएकोले पहिलो प्रयाश असफल बनेको थियो ।

कार्यदलका सदस्य भीम आचार्यका अनुसार भोलिसम्ममा विवादका धेरै बिषय समाधान हुने सम्भावना रहेको छ ।