निको हुने भन्दा नयाँ संक्रमितको संख्या बढ्दै, देशभर आज कति थपिए संक्रमित ?
काठमाडौं– नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।