आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को अनुरोध

बुधबार, २३ असार २०७८

काठमाडौं– आजबाट फेरि वर्षाको सम्भावना बढ्ने देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी २र३ दिन देशभर मनसुन सक्रिय हुने देखिएको हो।

हल्कादेखि मध्यसम्म वर्षा देशभर हुने सम्भावना छ भने गरी लुम्बिनीदेखि प्रदेश १ सम्म अलि बढी वर्षा हुने देखिएको छ।

‘आज दिउँसो प्रदेश १ का एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भवना छ, ‘यस्तै राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा पनि हुने देखिएको छ।’

मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ, ‘प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। प्रदेश १ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना देखिन्छ।

त्यसैले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’