यी क्षेत्रमा आज धेरै वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं – आज सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको महाशाखाले जनाएको छ।
अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाइएको छ।
नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।