साताको पहिलो दिन घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । शुक्रबार स्थिर देखिएको सुनको भाउ आइतबार बढेको हो । सुन तोलामा ६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ९३ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।
सुनसँगै चाँदी पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा २५ रुपैयाँ सस्तिएको छ । शुक्रबार चाँदी तोलामा एक हजार दुई सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।