जीवन बिकास लघुवित्त र मनाकामना स्मार्ट लघुवित्तको कहिलेबाट होला कारोबार?
तपाइँ पनि आफुलाई प्राथमिक बजारमा परेको सेयरको कारोबार दोश्रो बजारमा कहिलेबाट हुन्छ भनेर पक्कै कुरिरहनुभएको होला। तपाइँ मात्रै होइन हालै आइपियो जारि गरेका दुइ कम्पनीहरुको कारोबार नहुदा पर्खाइमा धेरै लगानीकर्ताहरु छन्। जीवन विकास लघुवित्त कम्पनी र मनकामना स्मार्ट लघुवित्तको आईपिओ बाँडफाँट भएको लामो समय वितिसक्दा पनि दास्रो बजार कारोबारका लागि हाल सम्म नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुन सकेको छैन ।
दुबै संस्थाको आईपिओ निष्काशन र सेयर रजिष्टारको जिम्मेवारी पाएको एनएमबि क्यापिटलले जिवन विकास लघुवित्तको सेयर यसै साता भित्रमा नेप्सेमा सुचिकृत गर्ने गरी तयारी गरिरहेको जनाएको छ भने मनाकामना स्मार्ट लघुवित्तको पनि सकेसम्ममा यसै साता भित्रमा र नसकिएमा अर्को सातासम्ममा नेप्सेमा सुचिकृत हुने जनाएको छ ।
जीनव विकास लघुवित्तले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
त्यस्तै, मनाकामना स्मार्ट लघुवित्तले असार १७ गते बिहीबारदेखि असार २१ गते सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । आगामी ३ वर्षको लेखापरिक्षकबाट प्रमाणित प्रक्षेपित वित्तीय विवरण अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६र७७ को प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३३२ रुपैयाँ ५२ पैसा हुन्छ ।
पछिल्लो समय दोश्रो बजारमा प्राय सबै कम्पनीको कारोबार अधिकतम रेञ्जबाट सुरू हुने गरेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार पनि अधिकतम रेञ्जबाट नै सुरू हुन सक्नेछ । संस्थाको सेयर थोरै मात्र छ । लघुवित्त कम्पनीहरूमा लगानीकर्ताहरू सधैँ आकर्षित हुने गर्दछन् । संस्थाको सेयरमा पनि धेरै माग आउँदा मूल्य उच्च हुनेछ । त्यसैले मनकामना स्मार्ट लघुवित्तको आईपीओ पर्ने लगानीकर्ताले राम्रै नाफा कमाउन सक्ने देखिन्छ