सामाजिक विषयबस्तुमा आधारित ‘सर्टमुभी’ ‘सुखीमाया’ सार्वजनिक

सोमबार, १८ साउन २०७८

काठमाडौँ – सामाजिक विषयबस्तुमा आधारित ‘सर्टमुभी’ ‘सुखीमाया’ युट्युवमा सार्वजनिक भएको छ । अपरिपक्व उमेरमा विहे गरेका गरिव परिवारका युवाहरुको दाम्पत्य जीवनको कथा ‘सुखीमाया’मा देख्न सकिन्छ ।

सज्जन कुमार, दिपा थापा मगर, रासिक सेन्चुरीको मुख्य अभिनय रहेको सर्टमुभीलाई धारवाही रुपमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा, अनिल सुनाम, कुमार सेन्चुरी लगायतले समेत अभिनय गरेका छन् ।

भिडियोको छायांकन, सम्पादन इश्वरबाबुले गरेका हुन् भने कथा र निर्देशन सज्जन कुमार सिंहको रहेको छ ।भिडियो मुनाल अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । हेर्नुस भिडियोः