भीम रावलको प्रस्ताव सुनेपछि माधव नेपाल यू–टर्न

मंगलबार, १९ साउन २०७८

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी बनाउने की एमालेमै टाँसिने दोधारमा छन् । उनले एमालेमा सम्मान जनक हैसियत खोजेका छन् । अध्यक्ष केपी शर्मा ओली र नेपालले आ–आफ्नो अडान छोडेका छैनन् ।

दुबै पक्षलाई मिलाउन दोश्रो तहका नेताहरुले दौडधुप गरिरहेका छन् । यसबीच एमाले उपाध्यष भीम रावलको चहलपहल अली बढि छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरुद्धमा खरो उभिएका रावलले एमाले अध्यक्ष ओलीलाई भेटर आफै परिवर्तन भएका छन् ।

ओलीसँगको भेटमा एमसीसी एमालेको एजेण्डा नभएकाले जसको एजेण्डा हो उसैले पास गरेर कार्यान्वयन गर्न पर्ने बताएपछि रावल एकाएक यूटर्न भएका हुन् । त्यही कुरा सुनाउन कोटेश्वर पुगेका रावलले नेपाललाई कन्भीन्स गरेका छन् ।

‘एमसीसी पनि अध्यक्षको एजेण्डा भएन, प्रधानमन्त्रीमा रहनु भएन्, अब मिलौ कमरेड ।’ नेपाललाई भीम रावलले भनेको उदृढ गर्दै एक नेताले भने, ‘अब पार्टी एकता गरौँ र छिट्टै एकता महाधिवेशन गरेर समस्याको समाधान तीर लागौँ ।’ नेपालले भीम रावलको प्रस्ताव स्वीकारेको उनको भनाई छ ।

महाधिवेशनमा गएर दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सर्तमा आफू व्याक हुन् तयार रहेको नेपालको भनाई थियो । भीम रावलसँग लामै कुरा भएपछि नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने गरी उनले बैठक बोलाएका हुन् ।

एक नेताका अनुसार उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरु आइनपुग्ने अवस्था रहे बैठक सर्ने सम्भावना पनि छ । नेता नेपालले जारी एकता प्रक्रियाबारे छलफल गर्न केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् ।

एकताका निम्ति जुटेको दशबुँदे सहमति र संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफल गरिसकेका छन् ।