देउवाको बोल्ड डिसिजन, ईश्वर पोखरेलसहित १० जना जेल जाने
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले कोभिड १९ महामारीका बेला स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताबाट छनविन गर्ने भएको छ । उक्त प्रकरणमा भुछिएका सबैलाई छानवि गरी कानुन अनुसार कारवाही गर्न सरकारले एक्सन थालेको छ ।
छानविनमा तत्कालीन तत्कालिन सीसीएमसीका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य राज्यमन्त्री नवराज रावल, तत्कालिन स्वास्थ्य सचिव, महानिर्देशक लगायत थुप्रै कर्मचारीहरु तानिने छन् । सरकारका न्यूनतम साझा कार्यक्रममा यस विषयलाई जोडतोडका साथ उठाइएको छ ।
संसदीय समितिहरुको छानविनमा समेत उनीहरु दोशी ठहर भइसकेकाले अब उम्किन नसक्ने नेताहरुको भनाई छ । करोडौंको अनियमितता भएको लेखा समितिले तयार पारेको प्रतिबेदनमा उल्लेख छ । छानविनमा तानिनेहरुको संलग्नता पुष्टि भएकाले उनीहरु दोषी ठहर भइ जेल जाने सम्भावना बलियो छ ।
‘यो विषयमा धेरै जना जेल जानसक्ने खालको छानविन भएको छ ।’ लेखा समितिका एक सदस्यले भने, ‘यसलाई जोखिमपूर्ण निर्णयका रुपमा लिएका छौँ । सरकारले कायान्वयन गर्छ भन्ने आशा छ ।’
विश्वभर कोरोना महामारी सुरु भएसँगै नेपालमा बढ्दो संक्रमणका बिच स्वास्थ्य उपकरण खरीद प्रक्रिया विवादमा परेको थियो । बजार मूल्यभन्दा निकै महंगोमा स्वास्थ्य सामग्री आएको खुले पनि त्यतिबेला विविध कारणले छानविन अघि बढ्न सकेको थिए ।
अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले छानविनको हिम्मत गर्दै जोखिमपूर्ण निर्णय लिएको छ । सुशासनमा खरो उत्रिरहेका देउवाले यो छानविनलाई पूर्णता दिनसके साँच्चिकै ठूलो सफलता मिल्नेछ ।
सत्ता गठबन्धनको कार्यदलले छानविनको सुझाव सहित सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ । चीनबाट समान खरिद गर्दा ओम्नी गु्रप नामको कम्पनीले कराडौँ रुपैयाँ अनियमितता गरेको थियो ।