नेपाली हिन्दुहरुका लागि खुशीको खबर, देउवा सरकारले गर्यो हिन्दु धर्मका पक्षमा यति ठूलो निर्णय
काठमाडौं – नेपाली हिन्दु धर्मावलम्वीहरुका लागि खुशीको खवर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री भइसकेपछि हिन्दुहरुका पक्षमा ठूला ठूलो निर्णय गर्न थालेका छन् ।
देउाव सरकार सनातन धर्मको पक्षमा देखिएको छ । देउवाले पत्नी आरजुमार्फत बालुवाटार तुलसी रोप्नेदेखि नागस्थान स्थापना गर्नेसम्मका काम गरेका छन् ।
फेरी अहिले आएर देउवाले अर्को ठूलो निर्णय गराएका छन् । देउवाले सनातन धर्मसँग जोडिएको कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गराएका छन् ।
प्रधानमन्त्री देउवाको पहलमा विहीवारको मन्त्रिपरिषद बैठकबाट भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ । भदौ ७ मा गाईजात्रा छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको मन्त्री कार्कीले बताए ।