देउवाले कालापानीमा एक्सन लिन थालेपछि भारतीयको छटपटी, भारतीय नेता रातारात पुगे बालुवाटार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भित्रभित्रै विभिन्न खालका कामहरु भएका छन् । ती मध्येको एक हो कालापनी क्षेत्रमा बगिरहने महाकाली नदि किनारमा गरिएको तटबन्ध निर्माण ।
नेपालतीर तटबन्धन गरेपछि महाकाली नदिको धार आफ्नै लयमा बग्ने भएपछि भारतलाई छटपटी भएको छ । भारतले महाकाली नदिको भारततीर पहिलादेखि नै तटबन्ध निर्माण गरिसकेको थियो ।
महाकाली नदि नेपाल तर्फ फर्काउने र नदि पारीको भुभाग आफ्नो देशमा पार्ने रणनीतिमा रहेको भारतलाई नेपालले तटबन्ध निर्माण गर्न थालेपछि टाउको दुखाईको विषय बनेको हो । यही विषयमा कुराकानी गर्नका लागि भारतीय जनता पार्टीका शीर्ष नेता काठमाडौँ आइपुगेका छन्
नेपालमा सरकार परिवर्तन र राजनीतिक दलसम्बन्धी अध्यादेशले तरंग पैदा गरेको बेला भारतीय नेताहरुको आगमन तीव्र भएको हो । भाजपाको विदेश विभागका प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटघाट प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको छैन । भेटमा दुई देशबीचको हित र अन्तरपार्टी सम्बन्धबारे छलफल भएको बताइएको छ ।
चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवाले सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश सुनाएको बताइन्छ । प्रधानमन्त्री नियुक्ति भएर संसदमा विश्वासको मत लिएपछि मात्रै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई औपचारिक बधाई दिएका थिए ।
विगतका परम्पराझै हालसम्म प्रधानमन्त्री देउवाले भारत भ्रमणको निम्तोसम्म पाएका छैनन् । प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको र एमाले विभाजित भएको अवस्थामा भारतीय नेताहरुको दौडधुपलाई चासोका साथ हेरिएको छ ।
भाजपाका वरिष्ठ नेतामध्येका एक डा. दिनेश उपाध्याय पनि केही दिनदेखि काठमाडौंमा छन् । भाजपा निकट सूत्रका अनुसार नेपालमा केहीदिनमै राजनीतिक उतारचढावको सम्भावना छ ।
‘नेपालका केही नेतासँग केही विषयमा गम्भीर छलफल भएको छ । त्यसको परिणाम हप्तादिनमै देखिनेछ’, भाजपा नेताहरुको भेटघाट प्रबन्धमा जुटेका एक सहयोगीले भने ।