मेगा बैंकका ग्राहकलाई खुशीको खवर, अब बिरामी पर्दा ‘नो टेन्सन’
काठमाडा – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुका लागि खुशीको खबर छ । अब बिरामी पर्दा आर्थिक जोहोको चिन्ता गर्न नपर्ने भएको छ ।
काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले मेगा बैंकका ग्राहकलाई विशेष छुट दिने भएपछि चिन्ता गर्न नपर्ने भएको छ । आज बैंक र अस्पतालबीच विशेष उपचार छुट दिने विषयमा सम्झौता भएको छ ।
मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने विषयमा सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ । मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।
स्थापना कालदेखि नै हलोदेखि हाड्रोसम्मको नारा दिएर चर्चित बनेको बैँकले पुराना बैंँकहरुलाई उछिन्दै गएको छ । स्थापनाको छोटो समयमा नै बैंकको लोभ लाग्दो प्रगतीले सबै जना चकित भएका छन् ।
यो सम्झौताले बैंकका ग्राहक बढ्ने विश्वास लिइएको छ । अस्पतालमा विशेष प्राथमिकताका साथ उपचार पाइने भएकाले पनि बैंकका ग्राहकहरुलाई ठूलो राहत हुने छ ।