नमजाले ठगिए प्रचण्ड, को हुन् उनलाई थला पर्ने गरी ठग्ने ‘ठग’ ?

शनिबार, १२ भाद्र २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ठगीएको बताएका छन् । केपी ओलीले आफूलाई जाली तमसुक देखाएर ठगेको बताए ।

वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई शनिवार काठमाडौंमा सम्बोधन गदै अध्यक्ष प्रचण्डले ओलीको ठगीधन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको बताए ।

प्रचण्डले भने, ‘हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगिधन्दाबारे थाहा पाइएन ।’

उनले भने, ‘तमसुकमा सही गरेपछि तमसुक हेरेर बसियो तर उनले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।’

आफूलाई हालैमात्र सत्तारुढ गठबन्धनको बैठकमा पनि केही नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभयो ? भन्ने प्रश्न गरेको सुनाउँदै प्रचण्डले आफूले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए ।

उनले भने, ‘गठबन्धनमा केपीसँग एकता गरेर के पाउनुभयो भने ,मैले ज्ञान प्राप्त गरेर आएँ भने । ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान कांग्रेसलाई, माधवजीलाई पनि काम लाग्ने ज्ञान हो भनेँ । वास्तवमा केपीको त ठगी धन्दा रहेछ ।

प्रतिगमनको अझै पनि खतरा रहेको भन्दै बेला–बेला जित्न लागेका बेला घन हान्ने गरिएको बताए । जित हुन्छ भनेर ढुक्कसँग बस्दा प्रतिक्रान्तिले प्रहार गर्ने बताए ।

प्रचण्डले भने, ‘पहिलो संसद विघटनमा जितेपछि हामी ढुक्क भयौं । प्रतिगमन परास्त भयो भनेर माधवजी र मैले लड्डू खायौं । तर लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाइदियो । ड्याम्म घन हानको थाहै पाइएन ।