सेञ्चुरी बैंकको विशेष अफर, सेयरबाट भन्दा धेरै कमाउन सकिने

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ । नयाँ बचत खाता करेण्ट रेमिट प्रिमियम एकाउण्ट सुरुवात गरेको हो ।

ग्राहकहरु मालामाल हुने यो एकाण्टमा न्यूनतम मौज्दात एक हजार रुपैयाँ राख्न पर्ने छ । बैंकले उक्त खातामा वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तनी गर्ने बैंकले जनाएको छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशूल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटीएा र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफूलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोलेर सुबिधा लिन सकिने छ ।

उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ । बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

अहिले नेपाली शेयर बजार घटेर धेरै लगानीकर्ता ठूलो रकम गुमाएका छन् । यद्यपी आज आइतबारको बजार लयमा फर्किएको छ ।

यसरी मुद्धतीमा पैसा जम्मा गर्दा रिक्स नहुने भएकाले शेयरमा लगानी गरेर मन ढुकढुक गराउन भन्दा मुद्धतामा राख्दा आनन्दको जीवन विताउन सकिन्छ ।