माधव नेपाललाई अर्को झट्का, १४ जनाको सांसद पट चट हुने

बुधबार, ६ असोज २०७८

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अर्को झट्का लागेको छ । उनले दर्ता गरेको नयाँ पार्टीमा रहेको १४ जना सांसदको पद धरापमा परेपछि झट्का लागेको हो ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएपछि नेपाललाई झट्का लागेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन् । कसरी टुंगिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउँछ ।’

सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।

उक्त व्यवस्था अनुसार नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरसहितका नेताले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् ।

सर्वोच्च अदालतमा नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारवाही हुनपर्ने भन्दै नेकपा एमाले रिट हालेको थियो । सभामुखले संसदीय मर्यादा उल्लङ्घन गरेको भन्दै एमालेले सभामुख र निर्वाचन आयोगका विरुद्धमा रिट हालेको थियो ।

उत्तः रिटको फैसला नहुँदै प्रतिस्थापन विद्येक आउँदा अदालतले विद्यमान कानुनलाई आधार मानेर फैसला गरे आफूहरुको सांसद पद नरहने नेपालको बुझाई । फैसला भएपछि मात्र प्रतिस्थापन विद्येक ल्याउन दवाव दिए पनि सरकारले मन्त्रीपरिषद् विस्तारमा अस्वभाविक ढिलाई भएको भन्दै विद्येक ल्याउन लागेको हो ।

त्यही भएर अहिले तत्काल विद्येक नल्याउने नेपालले देउवालाई दवाव दिदै आएका थिए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने छिटो अध्यादेशलाई प्रतिस्थापन गर्न दवाव दिदै आएको थियो । यो विषय दुई अध्यक्षबीच द्वन्द चर्किएको थियो ।

यही कारण मन्त्रीपरिषद विस्तारमा समेत ढिलाई भएको थियो ।