बालुवाटार पुगेर विश्वप्रकाश शर्माले देउवालाई सुन्दै एलर्जी हुने कुरा सुनाए, देउवा फायर
काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सुन्दै एलर्जी हुने कुरा सुनाएका छन् । देउवासँग एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्रै सांसद बन्न पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने सुनाएका थिए ।
जवाफमा देउवाले झपारेको बालुवाटार श्रोतको भनाई छ । ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ ! चुनाव हारेको मान्छे मलाई सहयाग गर्ला भनेर पार्टी प्रबक्ता बनाएँ , अहिलेले आएर मेरै खुट्टा तान्ने ?’ भन्दै थर्काएका थिए ।
साथै, शर्माले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका थिए ।
शर्माले शुक्रबार देउवालाई भेटेर लामो संवाद गरेको र महाधिवेशनको तयारीसँगै उम्मेदवारी घोषणाको विषयमा समेत जानकारी गराएको बताएका छन् ।
‘पार्टी महाधिवेशनको तयारी, महामन्त्री उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरीलगायत विषयमा बालुवाटारमा पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्रीसँग लामै संवाद गरें,’ शर्माले भनेका छन्, ‘प्रचार विभागले महाधिवेशनपूर्व ‘चिन्तन चौधौं महाधिवेशन’ आयोजना गर्ने निर्णय गरेको पनि जानकारी गराएँ ।’
शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेलगत्तै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने भन्दै एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्रै सांसद बन्न पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
जो पुनः पार्टी सभापति बनेर छैटौंपटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवाका अघिल्तिर निकै आश्चर्यलाग्दो छ ।
भेटमा प्रवक्ता शर्माले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको बताए । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले नयाँ कानुन बनाएर कार्यान्वयन गर्ने बताएका थिए ।
‘यो मानवीय र साझा विषय हो । नयाँ कानुन बनाउनमात्र होइन, कार्यान्वयन गर्न पनि सरकार लाग्छ, म प्रस्ट छु, र दृढ छु,’ देउवाले भनेका थिए ।