ओलीमाथि अर्को बज्रपात, ५ जना स्थायी कमिटी सदस्यले दिए राजीनामा
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अर्को बज्रपात आइलागेको छ ।
५ जना स्थायीसमिति सदस्यले पार्टीबाट राजीनामाको घोषणा गरेपछि ओलीमाथि बज्रपात आइलागेको हो ।
एमालेको भ्रातृ संगठन युवा संघका ५ जना केन्द्रीय तहका नेताले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनीहरुले युवा संघको अध्यक्षलाई सम्बोधन गरेर पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा दिनेहरूमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्यद्वय वीरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् ।
उनीहरुले आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा पार्टी कमिटीका नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाएका छन् ।
उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पनि विभिन्न आरोप थोपरेका छन् । युवासंघमा यत्रो विवाद हुँदा पनि पार्टी नेतृत्व टुलुटुलु हेरेर बसेको उनीहरुको आरोप छ ।
उनीहरुले नेकपा विभाजनपछि आफूहरुले एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाएमात्रै पार्टी नेतृत्वलाई साथ दिन सकिने राख्दै आएपछि मुल नेतृत्वले एकता नस्वीकारेर एकलौटी ढंगले पार्टी सञ्चालन गरेको दावी गरेका छन् ।
