नेकपाले तोड्यो जिल्ला प्रशासन कार्यालय अगाडिको निषेधाज्ञा, प्रहरी चकित (भिडियोसहित)
काठमाडौँ – नेकपा कम्युनिस्ट पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । काठमाडौँ जिल्लामा भएको कार्यक्रममा नेकपाले निषेधाज्ञा तोडिएको छ ।निषेधित क्षेत्रबाट ¥याली निकालेर नेकपाले निषेधाज्ञा तोडेको हो । काठमाडौँ जिल्ला सचिव तुलसी नारायणको नेतृत्वमा आएको ¥यालीले निषेधाज्ञा तोडेपछि प्रहरीले ब्यानर खोसेको थियो ।
जिल्ला प्रशासन कार्यालय अगाडिबाट कालो ब्यानरसहितको ¥याली आएपछि प्रहरी चकित परेको थियो । जिल्ला प्रशासन कार्यालयबाट आएको ¥याली बबरमहलमा पुगेर धर्नामा परिणत भएको थियो । धर्ना कार्यक्रमलाई संबोधन गर्दै जिल्ला सचिव लुलसीनारायणले विना सर्त नेता कार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरे । गैरकानुनी रुपमा पार्टीमाथि प्रतिबन्ध लगाएर तत्कालिन ओली सरकारले दमन गरेको भन्दै पक्राउ परेका सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न उनको माग थियो ।
सरकारसँग सहमति भएको लामो समय भइसक्दा पनि नेता कार्यकर्ता नछोडेको भन्दै नेकपाले धर्ना कार्यक्रमको आयोजना गरेको नेकपा काठमाडौँ महानगरपालिका इन्चार्ज अविरलले बताए । कार्यक्रमको संचालन गरेका अविरलले सहमति नभए सरकारले जस्तोसुकै मुल्य चुकाउन तयार हुनपर्ने भन्दै चेतावनी दिए । तीन बुदेँ सहमतिको कार्यन्वयन, पार्टीका नेतामाथि लगाएका झुठा मुद्धा खारेज र सम्पूर्ण राजबन्दै रिहाइको माग गर्दै नेकपाले धर्ना दिएको थियो ।
गएको फागुन २१ गते नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्वको नेकपाबीच ३ बुदेँ सहमति भएको थियो । सो सहमति अनुसार नेताहरुमाथि लगाइएका झुटामुद्धा खारेज र बन्दीहरुलाई रिहा गरेको छैन् ।