जनप्रगतिशिल मोर्चा मध्यपूर्वको अध्यक्षमा समर खत्री

सोमबार, १८ असोज २०७८

साउदी अरेबिया – नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वको अध्यक्षमा समर खत्री चयन भएका छन । भर्चुअलद्वारा आयोजित कार्यक्रममा मध्यपूर्व मोर्चाको प्रथम अधिवेशनले समर खत्रीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो र

मोर्चाको वरिष्ठ उपाध्यक्षमा एस टी, (युएई) उपाध्यक्ष गोमा थापा (कतार), उपाध्यक्ष माधव घिमिरे (साउदी), चयन भएका छन् भने महासचिवमा साजन गुरुङ (कतार) चयन भएका छन् ।

त्यस्तै, सचिवमा तिलक पुन (साउदी), ओम दवाडी (ओमन), कोषाध्यक्ष कमल पोखरेल (युएई) प्रवक्तामा अशोक केसी (युएई) रहेका छन् ।

मोर्चाले सल्लाहकारमा बेद बोहरा–(कतार), तिर्थ पोख्रिन (साउदी), राजेन्द्र लिम्बू )कतार) बाट चयन गरेकोका छन् । सदस्यमा कतारबाट मनमोहन सिंह, शुवास गिरी, ज्ञानेन्द्र राज भारती, खिमबहादुर पुन, विवश जिम्मारहेका छद्धन् ।

साउदीबाट तोया भट्ट, शुवास मगर, कैलाश मैनाली ‘किसु’,पर्सा राम मगर छन् भने युएईबाट आरजिएम मगर, देव तामाङ, हरिचन्द्र झाक्री, प्रेम सुब्बा रहेका छन् । इराकबाट डिएस नेपाल, शेरबहादुर खड्का, रुपेश क्षेत्री, मार्शल, पशुपति खड्का, अर्जुन खड्का, हरि रोक्का रहेका छन ।

नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्व सस्थापक मुलकमिटी अन्तर्गत मध्यपूर्वका कतार, युएई, ओमन, इराक, साउदी, कुवेतलाई समाबेश गरेको छ भने मजदुर श्रमिकको विषय आवाज बुलन्द गर्दै आएको छ ।

यो संस्था दूतावास लगायत सामाजिक सघं संस्थाहरूसँग सहकार्य गदै सामाजिक कार्यसमेत लागिरहेको छ ।