५० जना यात्रु बोकेको बस दुर्घटना, कति भयो क्षति ?
काठमाडौँ – करिव ५० जना यात्रु बोकेको यात्रुवहाक बस दुर्घटनामा परेको छ ।
सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना परेको हो । कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु नगरपालिका–१ दारेभिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ । मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो ।
सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर शनिबार राती ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, बसमा ३५ देखि ५० जना यात्रु सवार रहेको बुझिएको छ । उक्त दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् ।
प्रहरी दुर्घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको भनिएपनि खास कारण खुलेको छैन ।
दशैंको मुखमा धेरै यात्रु चढाएकाले ओभरलोड भएर दुर्घटना भएको अनुमान गरिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।