माओवादीका अर्का चर्चित नेता पनि एमाले प्रबेश

आइतबार, ७ कार्तिक २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अर्का चर्चित नेता पनि नेकपा एमाले प्रबेश गरेका छन् । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन भएपछि रामबहादुर थापासहित टिम एमालेमा गएको थियो ।

अहिले आएर चर्चित व्यवसायी दुर्गा प्रसाई औपचारिकरुपमा एमालेमा प्रवेश गरेका छन् ।

झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित पाँच सय जना एमालेमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा संयोजन पनि प्रसाईले नै गरेका थिए ।

प्रसाई यसअघि माओवादीमा थिए ।

उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटस्था मानिन्थे । तर, नेपाल कम्युनिष्ट पार्टीमा आएको विवाद र विभाजनसँग उनले कित्ता फेर्दै ओलीसँग निकट बनेका छन् ।

हालै गोदावरीमा भएको एमालेको विधान महाधिवेसनमा प्रसाई सहभागी भएका थिए । यद्यपि, औपचारिक तवरले चाहिँ आजबाट उनी ‘एमाले नेता’ बनेका छन् ।

ओली पहिलोपटक प्रधानमन्त्री हँदा प्रसाईको घरमा प्रचण्डसहित खाना खान पुगेका थिए । त्यहाँ प्रसाईले खुवाएको मार्सी चामलको भात बहुचर्तित बनेको थियो ।

पूर्वको झापामा वी एण्ड सी हस्पिटलका संचालक प्रसाईँ मेडिकल कलेजको सम्बन्धनका लागि ज्यान फालेर लागेका छन् ।

प्रचण्डको पछि लाग्दा लाइसेन्ट हत्याउन सम्भव नेदेखे पछि उनी एमालेमा प्रबेश गरेका हुन् । मार्सी चामलले चर्चा कमाएपछि उनले अहिले मासी वियर भनेर रक्सी उद्योग पनि संचालन गरेका छन् ।