चितवनलाई प्रचण्डमुक्त बनाउने घोषण गर्दै वाईसीएलका हस्तीहरु एमाले प्रवेश
काठमाडौँ – चितवनलाई प्रचण्डमुक्त बनाउने घोषण गर्दै वाईसीएलका हस्तीहरु एमाले प्रवेश गरेका छन् ।
माओवादी भातृ संगठन वाइसिएलका कोषाध्यक्षसहित नेकपा माओवादी केन्द्रका ५० भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
देशको अहिलेको बेतिथिको प्रमुख जिम्मेवार पुष्पकमल दाहाल प्रचण्ड रहेको ठहर गर्दै त्यसबिरुद्ध लडने अठोटसहित माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
एमाले प्रवेश गर्नेमा वाइसीएल कोषाध्यक्ष केशब भट्टराइसहित ५० जनाको टिम एमाले प्रवेश गरेको हो ।
‘अब प्रचण्डको नेतृत्वमा रहेको पार्टीबाट देशको लागि कुनै प्रगति नहुने भन्दै चितवनमा कोषाध्यक्षसहित माओवादीलाई शुन्य नै बनाउने अठोटसहित एमाले रोजेका हौं,’ भट्टराइले भने ।
एमाले प्रवेश गर्ने टोलीलाई एमाले पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डे, जिल्ला इन्चार्ज काशिनाथ अधिकारी, एमाले जिल्ला अध्यक्ष पार्बती रावलसहितका नेताहरुले स्वागत गरेका थिए ।
प्रचण्डलाई आगामी निर्वाचनमा चितवनबाट हराउने भन्दै नेकपा एमालेले अभियन समेत चलाएको छ ।
यसका लागि जनमत सृजना गर्न भन्दै १० औँ महाधिवेशन पनि बुटवलबाट चितवनमा सारिएको छ । न्वारनदखिएको बल लगाएर चुनाव हराउने रणनीतिमा एमाले लागेपछि प्रचण्डलाई छटपटी भएको छ ।
यसकै निरन्तरता स्वरुप चितवनका हस्तिहरुलाई एमाले प्रबेश गराईएको हो । एमालेको तर्फबाट पूर्वमाओवादी नेता रामबहादुर थापा प्रचण्डसँग लड्ने आँकलन गरिएको छ ।
अघिल्लो निर्वाचनमा अध्यक्ष प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका थिए ।