प्रचण्डको घरमा दिनहुँ हुन्छ घर-झगडा ? खुमल्टारबाट गोप्य सूचना चुहिएपछि माओवादीका नेता कार्यकर्ता निरास

मंगलबार, ३० कार्तिक २०७८

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घर झगडा अझैँ मिलेको छैन् । प्रचण्डपुत्र स्व. प्रकाश दाहाल र उनकी दोसी पत्नी सृजना त्रिपाठीबीच सम्बन्ध बिच्छेदको कानुनी प्रक्रिया नसकिएकाले प्रचण्डको परिवारमा घर झगडा जारी छ ।

सम्बन्ध बिच्छेदको कानुनी प्रक्रिया नसकिदै बिना मगरलाई तेश्रो श्रीमतीका रुपमा भित्र्याएपछि प्रचण्डको घरमा तनाव सृजना भएको थियो । उक्त तनाव अहिलेसम्म जारी छ ।

त्रिपाठीसँग प्रकाशका मावलीको सम्पर्कका कारण बिहे भएको खुलाइको पुस्तक स्मृति ग्रन्थ (स्मारिका)मा उल्लेख छ । दाहालको बिनासँगको निकटता सगरमाथा आरोहणका क्रममा भएको उल्लेख छ। त्यसपछि प्रकाश–बिना बिहे भएको थियो।

अनुशासनको कारबाहीको तयारी भएको थियो साथै सृजनासँग सम्बन्ध बिच्छेद गराउने तत्कालिन पार्टी हेडक्वार्टरमा निर्णय भएको थियो, स्मृति ग्रन्थमा खुलाइएको छ,तर कानुनी रूपमा भइसकेको थिएन।

प्रभा बोगटीसँगको सम्बन्धमा खटपटपछि भएको मागी बिहेमार्फत सृजनासँग सम्बन्ध जोडिएको ग्रन्थमा उल्लेख छ । सम्बन्ध बिच्छेदअघि नै सृजना पोखरा माइतिमा बस्थिन्।

सो क्रममा २१ असार २०६९ सालमा प्रकाश र बिना विवाह बन्धनमा औपचारिक रूपमा बाँधिएका थिए। १जेठमा बिनातिर प्रणव दाहालको जन्म भइसक्दा पनि सम्बन्ध बिच्छेदको कानुनी प्रक्रिया नटुंगिदै प्रकाशको निधन भएको थियो।

प्रकाशका जेठा पुत्र प्रसिद्ध दाहाल त्रिपाठी तिरका हुन्। तर, कतिपयले स्मृति ग्रन्थमा सृजनाको नाम छुटाएर बिनाको मात्रै राखिएको भन्दै आलोचना समेत गरेका छन्।

प्रकाश(सृजना सम्बन्ध विच्छेद नहुदै भएको बिनाको इन्ट्रीले कतिपय मान्छे भने अचम्ममा पर्छन । खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो।

यसैबीच नेकपा अध्यक्ष प्रचण्ड निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पुन्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो।

प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्र नाम राखिएको छ । संक्षिप्त परिचयमा सिर्जनाका छोरा प्रसिद्धको नाम राखिएको छ।

तर पत्नीमा आफ्नो नाम नराखेर अस्तित्व स्वीकार नगरिएको तथा पूण्यतिथिमा अपमानजनक व्यवहार भएको भन्दै सिर्जनाले सम्बन्धित ठाउँमा आपत्ति जनाएकी छन्।

पुन्य तिथी कार्यक्रम हुँदा मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए। त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए।

सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना पछाडि फर्केर केही भनेको दृष्य भिडियोमा कैद छ। बिनाले पछाडि फर्केर सिर्जनालाई केही भनेलगत्तै रेणु गंगा र बिना मञ्चबाट केहीबेर बाहिरिए ।

उनीहरु उठेपछि सिर्जना पनि उठेर पत्रकार दीर्घाको कुर्सीमा गएर बसेकी थिइन्। स्रोतका अनुसार सिर्जनालाई उक्त कार्यक्रममा बोलाइएको थिएन। उनी मञ्चमा गएर बसेपछि बिनाले, तपाई किन आउनु भएको यहाँ ?’ भन्दै अपमानजनक व्यवहार गरेको प्रत्यक्षदर्शी एक सुरक्षाकर्मीले बताएका थिए।

त्यसपछि सिर्जना कार्यक्रमस्थलभर एउटा कुनामा गएर बसेकी थिइन्। कार्यक्रमपछि छोरो प्रसिद्धलाई भेटेर जान्छु भन्दै उनी प्रचण्ड निवासभित्र छिरेकी थिइन्। प्रचण्डले नातिलाई आफूसँगै राखे पनि पारिवारिक तनावका कारण बुहारी सिर्जनालाई भने छोरासँग राख्न सकेका छैनन् ।

सिर्जनाले पनि आफू प्रचण्डकै कारण मुख नखोली बसेको बताउने गरेकी छन्। पुन्य तिथीको दिनमा घटेको उक्त घटनाबारे सिर्जनासँग प्रतिक्रिया लिन खोज्दा उनले आफू अहिले थप केही नबोल्ने बताइन्।

उनले छोरा स्वीकार गर्ने तर आफूलाई स्वीकार नगर्ने कुरा भने सैह्य नहुने बताएको उनीनिकट श्रोतको भनाइ छ। स्मारिकामा आफ्नो नाम प्रकाशकी पत्नीको रुपमा नराखिएकोमा सिर्जनाले दुःख लागेको भने बताइन्।

स्मारिकामा बिना मगरले प्रकाशको बैबाहिक जीवनका सन्दर्भमा सिर्जना र उनीभन्दा पहिलेकी प्रथम पत्नीलाई चोट पर्ने कुराहरु लेखेको भन्दै आलोचना भएको छ। नयाँ बैबाहिक जीवनमा रहेकी प्रकाशकी प्रथम पत्नीले फेसबुकबाटै सांकेतिक रुपमा बिना मगरप्रति कटाक्ष गरेकी छन्।