कांग्रेसको क्षेत्रिय अधिवेशनमा ग्याङ फाइट, वालवाल बाँचे सभापति
बारा – नेपाली कांग्रेसको आज देशभर क्षेत्रिय अभिवेशन भइरहेको छ । बारा पनि यसको तयारी गर्दैगर्दा ग्याङ फाइट भएको छ ।
बाराका सभापति जयचन्द्र प्रसाद चौरसियाविरुद्ध आफ्नै कार्यकर्ताहरुले नारा जुलुस लगाएपछि स्थिति तनाव ग्रस्त बनेको थियो ।
कलैयाको दरबार होटलमा निर्वाचन क्षेत्र नम्बर ४ परवानीपुर र ५ का नेपाली काँग्रेसको बैठक राख्न खोज्दा सभापति चौरसियाविरुद्ध नारा जुलुस भएको हो ।
जुलुसमा सहभागीहरुले सभापतिविरुद्द अपशब्द बोल्दै विभिन्न नारा लगाएका थिए । नेपाली काँग्रेसका कार्यकर्ताहरुले सभापतिविरुद्द नारा लगाउन थालेपछि सभापति चौरसिया दरबार होटल प्रवेश गरेका थिए ।
होटलको गेटमा दुई पक्षमा युवाहरुबीच हात हालाहालसमेत भएको थिायो ।
बारा जिल्लामा अधिवेशन गराउन आएका प्रतिनिधिकै बिना कार्यकर्ता भेला गरेर केही दाउपेच गर्न खोजेको भन्दै कार्यकर्ताहरुले नाराबाजी गर्नुको साथै हात हालाहाल समेत गरेका थिए ।
क्षेत्र नम्बर ४ मा ९ जना क्रियाशील सदस्य थपेको भन्दै त्यसलाई तत्काल खारेजी गर्नुपर्ने र लुकीछिपीको राजनीति पार्टीमा बन्द गर्न नेपाली काँग्रेसका कार्यकर्ताले माग गरेका छन् ।
बारामा नेपाली काँग्रेसका कार्यकर्ताहरु १४ औँ महाधिवेशनको तयारीमा जुटेका बेला यसले महत्त्वपूर्ण स्थान अगोटेको बुद्धिजीवीहरुको भनाइ छ ।
सभापति चौरसिया होटलमा प्रबेश गरेर युवाहरुको आक्रमणबाट बचेका छन् । जोसिदै आएको युवाहरुको जमातले सभापति चौरसियालाई निशाना बनाएका थियो ।