बालकोटमा भएको गोप्य सहमति लिक भएपछि ओलीलाई तनाव
काठमाडौं – यतिबेला सिंगो नेकपा एमाले महाधिवेशनमा केन्द्रीत भएको छ । नेकपा एमालेको १०औँ महाधिवेशनको तिथि नजिकिँदै जाँदा पार्टीभित्र र बाहिर अनेक गतिविधी हुन थालेका छन् ।
सोमबार राति मात्रै बालकोटमा २ बजेसम्म नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङबीच गोप्य सहमति भएको थियो । उक्त सहमति बालकोटबाटै लिक भएपछि ओलीलाई तनाव भएको छ ।
उनीहरुबीच पोखरेललाई बरिष्ठ उपाध्यक्ष, पौडेललाई महासचिव र नेम्वाङलाई उपाध्यक्ष बनाउने विषयमा गोप्य रुपमा सहमति भएको थियो ।
गोप्य सहमति भएको थाहा पाएका संकर पोखरेलले बालकोटमा बबाल गरेका छन् । संकरले बबाल गरेपछि ओलीले त्यस्तो सहमति नभएको भन्दै सम्झाएका छन् । तर पोखरेलले आफू नै महासचिव हुन पर्ने अडान जोडतोडले राखेका छन् ।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष र महासचिवका आकांक्षीको व्यवस्थापनका लागि भन्दै राति अबेरसम्म गुटका बैठक सञ्चालनमा रहेको नेकपा एमालेका एक नेताले जानकारी गराए ।
एमाले विभाजनको पीडाबाट ग्रुजिएको र पाँच दलीय गठबन्धनले पराजित गराउने भन्दै आन्तरिक झगडालाई मलजल गर्न नहुने पक्षमा ओली निकट नेताहरु छन् । नेपाललाई सुरुवातमा उक्साएर पार्टी विभाजनमा साथ नदिएका नेताहरुलाई ओलीमा विलिन भएको आरोप पनि लागिरहेको छ ।
सोही आरोपबाट बच्न ओलीलाई चुनौती दिनुपर्ने पक्षमा केही नेताहरु छन् । “ओलीमा विलिन भएको आरोप हामीलाई लागिररहेको छ । हामी ओलीमा विलिन भएका होइनौं । एमालेमा रहेका हौं । ती आरोपहरु चिर्नका लागि पनि चुनौती दिनैपर्ने अवस्था छ । सर्वसम्मत हुने भनेर जे भन्यो त्यसमा सहमत हुन सकिँदैन यसबारेमा नेताहरुबीच छलफल होला,” एक नेता भन्छन् ।
नेपालले छुट्टै पार्टी गठन गरेपछि एमालेमा अध्यक्ष ओलीसँग भिड्ने नेताहरु नरहेको टिप्पणी पनि हुने गरेको छ । अध्यक्षमा ओली नै दोहोरिने निश्चित जस्तै छ । तथापी, उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने संकेत यसअघि नै गरेका छन् ।
उता, उपमहासचिव घनश्याम भुसालले पनि अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । उनले निकस्टस्थहरु त्यसका लागि तयारी गरिरहेको बताउँछन् । उनी निकट एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिहरुको विवरण आइसकेपछि मात्रै औपचारिक निर्णय गर्ने तयारी गरेका छन् ।
अहिले सहमतिका नाममा ओली निकटलाई मात्रै प्रतिनिधिमा ल्याउने तयारी गरिएको भन्दै एमालेका कतिपय नेताले आक्रोश व्यक्त गरेका छन् ।प्रतिनिधि छनोटको विवरण पार्टी केन्द्रीय कार्यालयमा आउने क्रम जारी छ ।
“प्रतिनिधिको विवरण अझै आइसकेको छैन । प्रतिनिधिको अवस्था के–कस्तो छ । त्यो पनि हेर्नुपर्यो । अनि के गर्ने भन्ने छलफल हुन्छ,” ती नेताले भने ।
प्रतिनिधि छनोटमा सर्वसम्मत हुँदा १० भाइको अवस्था कमजोर रहेको बताइन्छ । कतिपय स्थानमा एकलौटी रुपमा रुपमा प्रतिनिधि छनोट भएको भन्दै विरोध पनि भइरहेको छ । ओलीविरुद्ध रावल र भुसाल दुवै उमेदवार हुने सम्भावना कम रहेको एक नेताको दाबी छ ।
चितवनको नारायणी किनारमा मंसिर १० गते उद्घाटनपछि नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी एमालेले गरेको छ । पदाधिकारीमा को–को भन्ने जोडघटाउ भने चलिरहेको छ । तर, महाधिवेशनमा कुन पदमा उठ्ने भन्ने मुख नेताहरुले खोलेका छैनन् ।
महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने भन्दै सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने अधिंकाशको माग रहेको नेताहरु बताउँछन् । त्यसैले पनि नेताहरुले औपचारिक रुपमा उमेदवारीका विषयमा बोलेका छैनन् ।
सर्वसम्मत हुने गरी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव गर्नुपर्ने नेताहरुको भनाइ छ । अध्यक्ष ओली निवास बालकोटमा महाधिवेशन केन्द्रित छलफल रातारात भइरहेको एक नेताले जानकारी दिए ।