के भयो शान्ता चौधरीको रिजल्ट ? केपी ओलीले समेत राखे चासो
काठमाडौँ – नेकपा एमालेकी नेतृ तथा प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीको कक्षा १२ को रिजल्ट विग्रीएको छ । उनको सिम्वल नम्बर रिजल्ट लिष्टमा देखिएको छैन् ।
आफ्नो सिम्बोल नम्बर रिजल्ट लिष्टमा नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।
सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर जानकारी दिने बताइन् ।
उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् । प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी चौधरीले १८ वर्ष कमलहरी बस्दा पढ्न पाएकी थिइनन् ।
उनले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् । उनको रिजल्टको बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि चासो दिएका छन् ।
रिजल्ट लिष्टमा उनको सिम्बल नम्बर नभेटेको खबर पाएपछि ओलीले विद्यार्थी नेताहरुलाई के भएको हो भनेर बुझ्न निर्देशन दिएका छन् ।
त्यस्तै, अभिनेत्री करिश्मा मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् । परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार बिहानै सार्वजनिक गरेको हो ।
बाल्यकालमै फिल्ममा अभिनय गर्न थालेपछि करिष्माको पढाइ छुटेको थियो । उनले ५ वर्षअघि अचानक कक्षा ८ मा पढ्ने निर्णय गरेर पढाइलाई निरन्तरता दिने घोषणा गरेकी थिइन् ।
त्यसयता निरन्तर पढिरहेकी करिष्माले १२ को परीक्षा सकिएको दिन नै स्तानक पनि पढ्ने चाहाना रहेको बताएकी थिइन् । शुक्रबार नै सार्वजनिक भएको परिणामअनुसार गायिका रचना रिमालले पनि १२ कक्षा उत्तिर्ण गरेकी हुन् ।