आईजीपी माग्न सुटुक्क भारत पुगे विश्वराज पोखरेल
काठमाडौँ – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल प्रहरीको प्रमुख पद खुस्काउन सुटुक्क भारत पुगेका छन् ।
बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन् ।
झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशपछि महानिरीक्षक हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
आईजीपी क्षेत्री र उनका ब्याचमेटहरु ०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन् ।
उनको अवकाशपछि आईजीपी बन्न विश्वराज पोखरेल र सहकुल थापाको बिचमा प्रतिस्पर्धा भइरहेको छ ।
एआईजी पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको भन्दै संगठनमा आलोचना हुँदै आएको छ ।