सिटौलाले लिए गगन थापासँग बदला

शुक्रबार, २४ मंसिर २०७८

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले १३ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार गगन थापासँग बदला लिएका छन् । अघिल्लो पटक आफ्नै व्यानलबाट महामन्त्रीको उम्मेदवार बनाएका सिटौलाले यस पटक बदला लिएका हुन् ।

आजबाट सुरुभएको सत्तारुढ दल नेपाली काग्रेसको चौधौ महाधिवेशनमा नेतृत्व चयनको बिषय निकै पेचिलो बन्दै गएकाबेला सिटौलाले गगनको सछ्टामा अर्कै उम्मेदवार खडा गरेका छन् ।

१३ औँ महाधिवशेनमा सिटौला प्यानलबाट महामन्त्रीको उमेदवार बनेका थापाले यस पटक सिटौलालाई छोडेर संस्थापन इतर समूहबाट महामन्त्रीको उममेदवारी दिने घोषणा गरेका छन् । थापालाई यस पटक पनि महामन्त्री बन्न फलामको चिउरा सरह हुने देखिएको छ ।

यता गगन थापालाई च्यापेर सानै उमेरमा मन्त्रीसमेत बनाएको, महामन्त्रीमा उमेदवार बनाउँदा पनि पुक्क लात्तीले हानेर गएपछि गगन सँग सिटौला फायर भएका छन् । यस पटक थापालाई सबक सिकाउँनैका लागि भए पनि अर्का युवा नेता प्रदिप पोडेललाई सिटौलाले काग्रेसको उच्च नेतृत्वमा सेटल गराउँन लागेका छन् ।

यस पटक सिटौला सभापतीमा नउठ्ने र उनको कोटाबाट युवा नेता प्रदिप पौडेललाई देउवा प्यानलबाटै महामन्त्रीको उमेदवार बनाउँने तयारी सिटौटाले गरेका छन् । सिटौलाको सहयोग नपाए सभापती नजितिने हिसाब निकालेर बसेका देउवा सिटौलाको प्रस्तावमा सकारात्मक रहको बताइएको छ ।

सिटौलाले भनेझै भएमा यस पटक गगन थापा र विश्वप्रकाश शर्माहरुलाई धुलो चटाउँदै युवा नेता प्रदिप पौडलले काग्रेस महामन्त्रीमा इन्ट्री मार्नेछन् । काग्रेसमा निर्णायक मत हातमा लिएर बसेका सिटौलाले आफुलाई साथ दिने सबैलाई नेतृत्वमा स्थापित गराउँने बाचा गरेका छन् ।

कांग्रेसमा युवा नेता प्रदीप पौडेललाई कृष्णप्रसाद सिटौलाले अघि सारेका छन् ।आफूलाई लामो समयदेखि साथ दिंदै आएको भन्दै सिटौलाले एक कार्यक्रमकाबीच सिटौला आफ्नो समूहबाट सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

‘म सधैं युवा नेतहरूको पक्षमा छु । हामीसँग रहेर काम गर्नुभएका साथीहरूलाई धोका दिन सकिंदैन’ सिटौलाले घोषणा गरे, ‘यसैले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा प्रदीप पौडेल रहेको घोषणा गर्न चाहन्छु् ।’नेता पौडेलले यस अघि नै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए।

१३ औं महाधिवेशनबाट सिटौलाको तर्फबाट गगन थापा महामन्त्रीको उम्मदेवार बनेका थिए। तर, थापाले छोडेपछि सिटौलाले अर्का युवा नेता पौडेललाई १४ औं महाधिवेशनमा महामन्त्रीमा अघि सारेका हुन् ।

सिटौलाले प्रदेश अधिवेशनमा संस्थापन देउवा पक्षसँग मिलेर प्रदेशको चुनाव जितेका थिए । तर, महाधिवेशनमा कुन समूहमा खुल्छन् वा आफ्नै समूहलाई अघि बढाउँछन् भन्ने खुलेको छैन । दुवै पक्षले सिटौलालाई तान्ने प्रयास गरिरहेका छन्।