एमाले केन्द्रीय समिति बैठक सकियो, के के भयो निर्णय ?

शनिबार, २५ मंसिर २०७८

काठमाडौं – नेकपा (एमाले) ले को दोश्रो केन्द्रीय समिति बैठक आजका लागि सकिएको छ ।

१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बसेको बैठक निश्कर्षविहिन टुङ्गीएको हो ।

अब भोलीको बैठकले यी कामहरु गर्ने छ ।

शनिबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन १५ मध्य ९ वडा एजेन्डामा मात्रै छलफल भएको छ ।

‘आज ९ वडा एजेन्डामा मात्रै छलफल भयो,’ एक केन्द्रीय सदस्यले भने, ‘भोलिको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य मनोन , कार्यविभाजन लगायतबारे निर्णय हुन्छ।’

एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो रहन्छ । बैठक भोलि पनि बस्ने छ।

त्यस्तै, बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको एक केन्द्रीय सदस्यले बताए ।

सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ।